वि.सं:
नेपाल संवत: ११४५ थिंलागा षष्ठी - २१
दिन प्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकास अनि संग संगै फराकिलो हुदै गइरहेको यसको कार्यक्षेत्रको समुचित विकास गर्दै सहि मार्गमा क्रियासिल गराउनका लागि सहि मार्ग चित्रणको आबश्यकता पर्दछ | अन्यथा अन्यौलको वातावरणमा न त यसको सहि रुपमा मुल्यांकन हुन सक्छ न निश्चित उदेश्य प्राप्त गर्न सकिन्छ | यस कारणले गर्दा सूचना प्रविधिको द्रुत गतिमा विकास गर्दै समाजका हरेक पक्षसंग यसको सरोकार गराउन निश्चित उदेश्य र नीतिहरुलाई अवलम्बन गरि देशको समाजको विकासमा टेवा पुर्रयाउन आवश्यक छ |
नेपालको परिपेक्षमा सूचना प्रविधि ,बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नया आयाम हो | यसको विकासको चरणलाई नीतिगत ढाँचामा रुपान्तरित गरि आम जनतामा सर्ब सुलभ तथा सहज गराई बिधुतिय कारोवार विकास क्रमलाई अघि बढाउन सकिन्छ |अनलाइन बाट गरिने कार्यहरुको नियमित, कानुनि मान्यता, संरक्षण र विकासको लागि नेपाल सरकारले अन्य देशहरु झै विद्युतिय कारोवार ऐन २०६३ लागु गरेको र जसको कार्यान्वयनका लागि ऐन मा व्यवस्था भए वमोजिम प्रमाणिकरण नियन्त्रकको कार्यालय खडा गरिएको छ ।